काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र तीन दलका प्रमुख नेताहरूबीच शीतल निवासमा छलफल भइरहेको छ।
राष्ट्रपति पौडेलको पहलमा प्रधानमन्त्री कार्की, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राष्ट्रपति कार्यालय शीतल निवासमा छलफल भइरहेको छ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पूर्वप्रधान न्यायाधीश कार्की नेतृत्वमा सरकार बनेको थियो। त्यसपछि प्रधानमन्त्री कार्कीले अहिलेसम्म सभापति देउवा, अध्यक्ष ओली र नेता प्रचण्डसँग भेटवार्ता गर्नुभएको थिएन। यद्यपि, प्रधानमन्त्री कार्कीले तीन ठूला दलका दोस्रो र तेस्रो तहका नेताहरूसँग भने संवाद गर्दै आउनुभएको छ।
प्रधानमन्त्री कार्कीले शीर्ष नेताहरूसँग भेट्न अनिच्छा देखाएपछि राजनीतिक दलका नेताले आलोचना गर्दै आएका थिए। संवादहिनता बाँकी रहँदा सरकारले फागुन २१ गते गराउने भनेको प्रतिनिधि सभाको चुनाव हुन नसक्दै भन्दै आलोचाना बढेपछि प्रधानमन्त्री कार्की भेटका लागि तयार हुनुभएको बुझिएको छ।
प्रधानमन्त्री कार्की र तीन दलका शीर्षनेताबीचको भेटघाटको पहल भने राष्ट्रपति पौडेलले लिएका हुन्। यसअघि राष्ट्रपतिकै रोहवरमा सरकार र राजनीतिक दलबीच संवादको सुरुवात भएको थियो।
सरकारले फागुन २१ गते चुनाव घोषणा गरेको छ।





प्रतिक्रिया