अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिसँग केपी ओली, सभापति देउवा र प्रचण्डको छुट्टै छलफल

राष्ट्रपतिसँग केपी ओली, सभापति देउवा र प्रचण्डको छुट्टै छलफल


काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलसँग तीन दलका शीर्ष नेताले पुन: छलफल गरेका छन्। यसअघि राष्ट्रपति पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्की र तीन ठूला दलका शीर्ष नेताबीच भएको छलफल गरेकाे थियाे।

अहिले राष्ट्रपति पौडेल, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल गरिरहेका छन्।

प्रधानमन्त्री कार्की केहीबेरअघि शीतलनिवासबाट बाहिरिसक्नुभएकाे छ। प्रधानमन्त्री कार्की बाहिरिएपछि अध्यक्ष ओली, सभापति देउवा र नेता प्रचण्ड पुन: छलफलमा बसेको राष्ट्रपति कार्यालय स्रोतले बतायो।

प्रधानमन्त्रीसहितको छलफल साढे २ घण्टा भएको थियो  दिउँसो साढे ३ बजेबाट उनीहरू छलफलमा जुटेका थिए ।

छलफलका विषयहरू सार्वजनिक भएका छैनन् ।