अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चिसोले तराई-मधेशको जनजीवन कष्टकर (तस्वीरहरु)

चिसोले तराई-मधेशको जनजीवन कष्टकर (तस्वीरहरु)


धनुषा-एक सातादेखि एक्कासी बढेको चिसोका कारण तराई–मधेश क्षेत्रमा जनजीवन कष्टकर बन्दै गएको छ । चिसो बढेसँगै बजार क्षेत्र सुनसान देखिन थालेका छन् भने सर्वसाधारणको आवतजावत उल्लेख्य रूपमा घटेको छ ।

ग्रामीण भेगमा किसानहरू चिसोका कारण ढिलो गरी खेततर्फ जान थालेका छन् । बिहानपख बाक्लो शीत र चिसो हावाका कारण कृषि गतिविधि प्रभावित भएको छ ।

गाईभैंसी चराउन जानेहरुलाई पनि निकै समस्या भोग्नुपरेको छ । चिसोबाट बचाउन गाईभैंसीलाई किसानहरुले कपडा बाँधिदिने गरेका छन् ।