काठमाडौँ-नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते हुनुभएकी नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
खनालनिवास डल्लु पुगेर प्रचण्ड र माधवले स्वास्थ्य अवस्थाबारे जानकारी लिएर स्वास्थ्य लाभको कामना गरेको प्रचण्ड सचिवालयले जनाएको छ। सो क्रममा उहाँरुले चित्रकारको पूर्ण स्वास्थ्यलाभको कामना गरेका थिए।
गत भदौमा भएको जेन-जी आन्दोलनका क्रममा भएको आगजनीमा परी चित्रकार गम्भीर घाइते हुनुभएको थियाे । लामो समय भारतमा उपचार गराएर उहाँ स्वदेश फर्किनुभएको हाे।

चित्रकारको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र थप सुधारका लागि उपचारकै क्रममा रहेको जानकारी नेता खनालले दिएका छन् ।





प्रतिक्रिया