अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजी आन्दोलनमा नक्खु कारागारबाट भागेर ठमेलमा युवकको हत्या गरेका कैदी पक्राउ

जेनजी आन्दोलनमा नक्खु कारागारबाट भागेर ठमेलमा युवकको हत्या गरेका कैदी पक्राउ


काठमाडौं-जेनजी आन्दोलनको मौका छोपेर ललितपुरको नख्खु कारागारबाट भागेका एक कैदीले २०८२ असोज १३ गते काठमाडौंको ठमेलमा खुकुरी प्रहार गरी साथीको हत्या गरेका थिए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोही फरार कैदी आकाश मगरलाई रोल्पाबाट पक्राउ गरेर बुधबार काठमाडौँ ल्याएको एसपी काजीकुमार आचार्यले बताउनुभयाे। 

मगरले असोज १३ गते ठमेलमा खुकुरी प्रहार गरी मकवानपुरका २५ वर्षीय सुरज तामाङको हत्या गरेको आरोप छ। 

मगरले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका सुरजलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो। चिकित्सकले त्यसैदिन मृत घोषणा गरेका थिए।

फरार आकाश यसअघि लुटपाट तथा डकैतीको कसुरमा कारागार चलान भएका थिए। तर जेनजी आन्दोलनमा भदौ २४ गते नक्खुकारागारमा भेला भएका प्रदर्शनकारीले कैदीबन्दी भगाएका थिए।

त्यसपछि देशका अन्य कारागारबाट पनि कैदीबन्दी फरार भएका थिए। 

भाग्ने क्रममा सुरक्षाकर्मीको गोली लागेर १० जना कैदीबन्दीको मृत्यु भएको थियो।