काठमाडौँ-कोशी प्रदेशका क्रिकेट खेलाडी मिनश थापाको सवारी दुर्घटनामा निधन भएको छ। कोशी प्रदेश क्रिकेट संघका अनुसार थापाको दुर्घटनामा निधन भएको हो।
कोशी प्रादेशिक क्रिकेट संघले थापाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।
‘मिनाश कोशी प्रदेशको क्रिकेट विकासमा महत्त्वपूर्ण योगदान दिने एक प्रतिभाशाली खेलाडी हुनुहुन्थ्यो। उहाँको असामयिक निधनले नेपाली क्रिकेट, विशेषगरी कोशी प्रदेशले एक उज्ज्वल भविष्य बोकेको खेलाडी गुमाएको छ,’ सङ्घले जारी गरेको शोक विज्ञप्तिमा भनिएको छ ।





प्रतिक्रिया