अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनचाँदीको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ-अघिल्लो दिनको तुलनामा बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६०० रुपैयाँ र चाँदीको मूल्य २० रुपैयाँ घटेको हो । 

बुधबार छापावाल सुन तोलामा २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको थियो । जुन मूल्य हालसम्मकै उच्च थियो । 

तर, बिहीबार भने छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको हो । 

यस्तै बुधबार चाँदीको मूल्य तोलामा २ हजार ४२० रुपैयाँ थियो । बिहीबार भने चाँदीको मूल्य घटेर ४ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।