काठमाडौँ-काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु बाइसधारामा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एकजना युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्घाखाँची घर भएर बसुन्धारा बस्ने २१ वर्षीय सागर खड्का छन् ।
गएराति साढे १० बजेतिर बागमती प्रदेश–०१–००६ ख ३४५४ नम्बरको टिप्परले लु ५९ प ७०६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा खड्का गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएकाे हाे।





प्रतिक्रिया