अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको टीप्पणी- ‘देशका चर्चित भनिएका मान्छे नशामा भेटिन्छन्’

अध्यक्ष ओलीको टीप्पणी- ‘देशका चर्चित भनिएका मान्छे नशामा भेटिन्छन्’


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका चर्चित भनिएका मान्छेहरू नशामा भेटिने टीप्पणी गर्नुभएको छ।

नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनका स्वयंसेवकलाई धन्यवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीका युवाहरूमा कुनै दुर्व्यसनी नरहेको दाबी गर्नुभयाे।

हालै सम्पन्न महाधिवेशनमा खटिएका युवाहरूको प्रशंसा गर्दै अध्यक्ष ओलीले स्वयमसेवक भएर खटिएका नजिक पुग्दा कोही पनि खैनी गन्हाएको नभेटिएको ओलीको भनाइ थियो।

अध्यक्ष ओलीले भन्नुभयाे, ‘देशका चर्चित भनिएका मान्छेहरू नसामा भेटिन्छन्। हाम्रा युवाहरूमा त्यस प्रकारको कुनै दुर्व्यसनी देखिएन, मेरो भनाइ मन नपरेर, इख मानेर दुर्व्यसनीमा भएकाहरूले पनि छाड्नुभयो भने म धेरै खुसी हुन्थे।’