अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड

निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड


काठमाडौँ-नेपाल  कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ।

 पार्टीको हालै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनमा परिचालन भएका स्वयंसेवकहरुलाई प्रमाणपत्र प्रदान गर्दै उहाँले  निर्वाचनका निम्ति शान्तिपूर्ण वातारण बन्नुपर्ने  बताउँदै त्यसो भएमा आफ्नो दल सहभागी हुन्छ भन्नुभयो । 

त्रास र असुरक्षाकाबीच निर्वाचनको वातावरण नबन्ने  अध्यक्ष ओलीको कथन थियो । जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार र जेलबाट भागेकाहरूबाट सुरक्षा चुनौती थपिएकोतर्फ लक्ष्य गर्दै उहाँले शान्तिपूर्ण निर्वाचनको वातावारण बनाउने दायित्व सरकारको हो भन्नुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलले हालै आह्वान गर्नुभएको बैठकमा आफू सहभागी भएको र त्यहाँ पनि आफूले आफूहरु चुनावका विरुद्धमा नरहे पनि प्रतिगमनविरोधी कुरा मान्य नहुने कुरा स्पष्ट गरेको बताउनुभयो । आफूले प्रतिनिधिसभाको पुनःस्थापना  हुनुपर्ने र फागुन २१ मा चुनाव गर्ने हो भने त्यसको वातावरण बनाउनुपर्छ भन्नेमा जोड दिएको बताउनुभयो ।

 भदौ २३  गते परिचालन भएका सुरक्षाकर्मीले परिस्थितिलाई विचार गरेर सरकारी सम्पतिको सुरक्षा र आत्मरक्षाको लागि निर्णय गरेकाले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानका लागि बोलाउनु युक्तिसङ्गत नहुने बताउनुभयो ।