अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने

रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने


नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनमा घटेका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगमा बयान दिन जानुहुने भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै लेखकले आफू सोमबार आयोगमा बयान दिन जाने बताउनुभएको हो।

उहाँले भन्नुभयाे, ‘उहाँहरुले भोलिलाई बोलाउनुभएको रहेछ, मैले सोमबार जाने तयारी गरेको छु।’ जेनजी आन्दोलनका क्रममा लेखक गृहमन्त्री थिए ।