काठमाडौं-काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।
आज अपराह्न उहाँहरूबीच भेटवार्ता भएको हो। मेयर शाहलाई भेट्न भट्टराई अपराह्न ४ बजेर २० मिनेटमा ललितपुरस्थित छलफल स्थल आइपुगेका हुन्।
मेयर शाहले बुधबार र बिहीबार राजनीतिक भेटवार्ता गरिरहेका छन्। उनले देश विकास पार्टीबाट राजनीति सुरू गर्न लागेका छन्।
वैकल्पिक शक्तिका विषयमा उनीहरूबीच छलफल भएको हो ।
बालेनसँग आजै रास्वपा सभापति रवि लामिछाने, मन्त्री कुलमान घिसिङ, कांग्रेस नेता चन्द्र भण्डारी र सुनिल शर्मा, रास्वपा नेतना शिशिर खनाल र असिम शाहलगायतलाई भेटवार्ता गरेका छन्।





प्रतिक्रिया