अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं थप चिसियो : हिजो भन्दा २ डिग्री सेल्सियस घट्यो तापक्रम

काठमाडौं थप चिसियो : हिजो भन्दा २ डिग्री सेल्सियस घट्यो तापक्रम


काठमाडौं- आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बिहीबार को भन्दा २.१ डिग्री सेल्सियस घटेको छ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज बिहान ५.४५ बजे गरिएको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस देखिएको हो। हिजो यो बेला उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस थियो।
बिहीबार दोस्रोपटक बिहान ८.४५ बजे मापन गर्दा पनि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री नै कायम भएको थियो। आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले बिहान ८.४५ बजे पुन मापन गरिन्छ। त्यतिबेला न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ, कहिलेकाहीँ भने बिहान ५.४५ बजेकै कायम रहन पनि सक्छ।

मौसमविद्का अनुसार रातभर आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा रह्यो भने घट्छ।