काठमाडौं-हाल (शुक्रबार बिहान) तराईका धेरै स्थानमा हुस्सु/कुहिरो लागिरहेको जानकारी दिँदै मौसम पूर्वानुमान महाशाखाले त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ।
महाशाखाका अनुसार त्यसबाहेक गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको मौसम भने यतिबेला आंशिक बदली (आकाशमा थोरै बादल) छ।
मौसम महाशाखाले आज बिहान ८ बजे ‘चेतावनी तथा परामर्श’ जारी गर्दै भनेको छ, ‘देशका तराई भूभागमा हुस्सु/कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन अनुरोध छ।’





प्रतिक्रिया