काठमाडौँ-नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन हुने वातावरण बनाउन सरकारलाई सुझाव दिनुभएको छ।
शुक्रबार बिहान आफ्नो निवासमा पुगेका सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटमा सभापति देउवाले यस्तो सुझाव दिनुभएको हो।
सरकारले अहिलेसम्म पनि निर्वाचन हुने विश्वसनीय वातावरण नबनाएको भन्दै सभापति देउवाले निर्वाचनको वातावरण तत्काल बनाउन सरकारलाई आग्रह गर्नुभएको हो।
जवाफमा मन्त्री खरेलले सरकारले स्वच्छ, भयरहित र निष्पक्ष निर्वाचन गराउन कुनै कसर बाँकी नराख्ने भन्दै दलहरूले पनि निर्वाचनको वातावरण बनाउन पहल गर्नुपर्ने बताएका थिए ।
मन्त्री खरेल सुरुमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका हुन्। देउवालाई भेटेपछि मन्त्री खरेल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न गुण्डु पुग्नेछन्।
सञ्चारमन्त्री खरेल दिउँसो १२ बजे नेपाल कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड भेट्न उहाँकै निजी निवास पुग्ने कार्यक्रम रहेको मन्त्री खरेलको सचिवालयले जानकारी दिएको छ।





प्रतिक्रिया