अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डुमा सञ्चारमन्त्री खरेल

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डुमा सञ्चारमन्त्री खरेल


काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश खरेलबीच भेटवार्ता भएको छ।

अध्यक्ष ओलीसँग भेटवार्ताका लागि सञ्चारमन्त्री खरेल केपी ओली निवास गुण्डुमा केही समयअघि पुगेका थिए। केपी ओली र खरेलबीच आगामी निर्वाचन लगायतका विषयमा कुराकानी भएको बुझिएको छ।

राजनीतिक भेटघाटलाई तीव्र बनाएका मन्त्री खरेलले यसअघि आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको थियाे। भेटकाे क्रममा मन्त्री खरेलले देउवासँग निर्वाचनका विषयमा छलफल गर्नुभएको थियाे ।

यसपछि मन्त्री खरेल आजै नेपाल कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड भेट्न उहाँकै निजी निवास खुमलटार पुग्ने कार्यक्रम छ। 

यसरी सञ्चारमन्त्री खरेल किन प्रमुख तीन नेतासँग घरघरमै पुगेर भेटवार्ता गर्दै छन् ? खासमा प्रधानमन्त्री सुशीला कार्कीले शनिबार सभापति देउवा, एमाले अध्यक्ष ओली र नेता प्रचण्डसँग छलफल गर्दै हुनुहुन्छ। त्यसकै निम्ता दिन सञ्चारमन्त्री खरेल आज प्रमुख तीन नेताका घरघरमा पुगिरहेका हुन् भन्ने स्पष्ट बुझिन्छ।