अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खुमलटारमा प्रचण्ड र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता

खुमलटारमा प्रचण्ड र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता


काठमाडौँ–नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चारमन्त्री जगदीश खरेलबीच शुक्रबार भेटवार्ता भएको छ। सञ्चारमन्त्री खरेल प्रचण्डलाई भेट्न उहाँकै निवास खुमलटार पुग्नुभएको हाे ।

भेटमा आगामी फागुन २१ गते तय भएको निर्वाचनका साथसाथै समसामयिक विषयमा छलफल भएको बताइएको छ। 

आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटिसकेर खरेल प्रचण्ड भेट्न पुगेका हुन्।

त्यस्तै खरेलले भोलि शनिबार बालुवाटारमा तीन दलका शीर्ष नेतासँग प्रधानमन्त्रीले गर्ने भनिएको छलफलको निम्तो दिन पनि शीर्ष नेताको निवासमा पुगेका हुन् ।