अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच के-के भयो कुराकानी ?

एमाले अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच के-के भयो कुराकानी ?


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलबीच भेटवार्ता भएको छ। सञ्चारमन्त्री खरेलले आज गुण्डु पुगेर एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गर्नुभएको हो।

भेटको क्रममा मन्त्री खरेलले एमाले अध्यक्ष ओलीलाई सरकारले चुनावी सुरक्षा मजबुत बनाएको भन्दै भोट माग्ने र भोट हाल्ने अवस्थामा चिन्ता नगर्न आश्वस्त पार्ने प्रयास गरेको छ। मन्त्री खरेलले एमालेले गर्दै आएको सुरक्षा चिन्ता हटाउन आग्रह पनि गर्नुभयो।

‘हामीले मुख्य राजनीतिक दलहरूकै कार्यालयमा गएर पनि वार्ता गर्‍यौँ ।आज मुख्य गरी तीन दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनावको वातावरण बनाउने सवालमा कुराकानी भयो’, मन्त्री खरेलले भन्नुभये, ‘ नेकपा एमालेका अध्यक्षसँग सरकारका तर्फबाट चुनावको वातावरण बनेको छ, सुरक्षा मजबुती भएको छ। सबै कुरा सरकारले तयारी गरेको कुरा जानकारी गराएँ।’

अध्यक्ष ओलीसँगको भेटपछि मन्त्री खरेलले निर्वाचन आयोग पनि चुनाव गर्न तयारी अवस्थामा छ र आम जनता पनि तयार भएको अवस्थामा एमालेलाई चुनावका लागि थप प्रोत्साहित गर्न अध्यक्षलाई भेटेको बताउनुभयाे । मन्त्री खरेलले निर्वाचनको वातावरण बनेकाले एमालेलाई ढुक्कसँग चुनावी गतिविधि गर्न आग्रह समेत गरेको बताउनुभयाे ।

जवाफमा एमाले अध्यक्ष ओलीले सुरक्षा अझै कायम रहेको बताउनुभएको थियो। ‘चुनौती अझै छ, वातावरण बनाउनुपर्‍यो भन्ने कुरा राख्नुभएको छ’, मन्त्री खरेलले अध्यक्ष ओलीको भनाई उद्धृत गर्दै भन्नुभयाे, ‘यो कुरा ठिक छ। सुरक्षा वातावरण बनाउ भन्नुलाई सरकारले मान्नुपर्छ, स्वीकार्नुपर्छ।’ उहाँले वातावरण बनाउनु सरकारको दायित्व भएको भन्दै एउटा लोकतान्त्रिक पार्टी चुनावमा जानुपर्छ भन्ने सैद्धान्तिक मान्यताबाट पछि नहट्ने विश्वास व्यक्त गर्नुभयाे।

मन्त्री खरेलले अध्यक्ष ओलीपछि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै हुनुहुन्छ।