अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण


काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । उहाँले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ समारोहमा शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो। 

शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्चपदस्थ कर्मचारी, सुरक्षाकर्मीसँगै संवैधानिक अङ्गका प्रमुख र उच्चपदस्थ कर्मचारीको सहभागिता थियो ।