काठमाडौं-गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १३ जना सहसचिवको सरुवा गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै सरुवा गरेका हुन्।
मन्त्रालयले केहि दिन अघि विभिन्न मन्त्रालयबाट सरुवा भएर गृह मन्त्रालय भित्रिएका ७ जना सहसचिवमध्ये ६ जनालाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ भने सहसचिव शशिकुमार घिमिरेले कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ ।






प्रतिक्रिया