अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रभु बैंकका सीईओ अशोक शेरचन रिहा

प्रभु बैंकका सीईओ अशोक शेरचन रिहा


काठमाडौँ-प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन हाजिर जमानीमा रिहा भएका छन्। सीईओसँगै बैंकका अन्य अधिकारीहरूलाई पनि उच्च सरकारी वकिलको कार्यालयले हाजिर जमानीमा छुटाएको हो।

विशेष सरकारी वकिल कार्यालयले शुक्रबार शेरचनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको हो।

विशेष सरकारी वकिल कार्यालयका सूचना अधिकारी सहायक न्यायाधिवक्ता सरिता पोख्रेलले उनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको जानकारी दिनुभयाे। सहायक न्यायाधिवक्ता पोख्रेलले भन्नुभयो, ‘प्रभु बैंकका सीईओ अशोक शेरचनलाई अब म्याद थप नगर्ने निर्णय भएको हो। उहाँ हाजिरी जमानीमा रिहा हुनुहुनेछ।’

गत हप्ता उच्च अदालत, पाटनका न्यायाधीश चन्द्रबहादुर सारु र गीता तिम्सिनाको इजलासले ५ दिनभित्र बयान सक्न अन्तिम म्याद थपेको थियो। आज शेरचनसहित अन्य कर्मचारीहरू सरकारी वकिल कार्यालयको निर्णय अनुसार हाजिर जमानीमा रिहा भएका हुन्।

रिहाइको प्रक्रिया पूरा गर्न मणिराम पोखरेल, रिवाज श्रेष्ठ र राजेन्द्र शाक्यसहित सबैलाई सिआइबी मुख्यालय, लैनचौरमा लगिएको थियो। केही समयमा उनीहरू रिहा हुने बताइएको छ।

अशोक शेरचन मंसिर १४ गते पक्राउ परेका थिए।