अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उदयपुरका २२ जनवर्गीय संगठनले बुझाए प्रधानमन्त्रीलाई संयुक्त ज्ञापन-पत्र

एमाले उदयपुरका २२ जनवर्गीय संगठनले बुझाए प्रधानमन्त्रीलाई संयुक्त ज्ञापन-पत्र


उदयपुर-अन्तरिम सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गर्दै नेकपा (एमाले) सम्बद्ध विभिन्न २२ वटा जन वर्गीय सङ्गठनले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्।

शुक्रबार जनसंगठनका नेता एवम् एमाले पार्टीका नेता तथा कार्यकर्ताहरूले जिल्ला प्रशासन कार्यालय उदयपुर पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्।

उदयपुरका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी मार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भदौ २३ र २४ गतेको घटनापछि गठित सरकारले चालिरहेका कदमप्रति गम्भीर आपत्ति जनाइएको नेकपा (एमाले) उदयपुरका अध्यक्ष भागवत राउतले बताउनुभयो ।

नेकपा (एमाले) जनवर्गीय समन्वय कमिटी उदयपुरको अगुवाई र सम्बद्ध विभिन्न २२ जनसंगठनहरूले संयुक्त रूपमा हस्ताक्षर गरि जारी गरेको ज्ञापनपत्रमा भाद्र २३ र २४ गते देशमा विध्वंश मच्चाइ आगजनी, तोडफोड, लुटपाट र हिंसाको माध्यमबाट जननिर्वाचित सरकार अपदस्थ गरी असंवैधानिक सरकारको गठन, जननिर्वाचित प्रतिनिधी सभा विघटन जस्ता प्रतिगमनकारी कदम प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको एमाले उदयपुरका उपसचिव समेत रहेका जनवर्गीय समन्वय कमिटी उदयपुरका प्रमुख हेम खडकाले जानकारी दिनुभयो ।

ज्ञापनपत्र मार्फत लोकतन्त्र र संबिधानको रक्षाका लागि प्रतिनिधिसभाको पुर्नस्थापना, सर्वदलीय ÷ सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रमुख राजनितिक दल र नेताहरुलाई विभिन्न बहानामा प्रतिशोध साध्ने, स्थान हद तोक्ने, पासपोर्ट रोक्का गर्ने, कथित छानबिन आयोगका नाममा झुटा लान्छना लगाउने, वदनमा गर्ने प्रयास गरिएको भन्दै यसले मुलुकलाई थप द्वन्द र मुठभेड तर्फ धकेल्ने संकेत गरेको ज्ञापनपत्र मार्फत जनाइएको छ ।

जेनजी आदोलनको आवरणमा उदयपुर जिल्ला भित्र बिभिन्न राजनितिक व्यक्तित्वहरूको नीजि घर र राजनीतिक दलहरुका पार्टी कार्यलय र सार्वजनिक सम्पति माथि भएको तोडफोड र आगजनीमा संलग्नहरु उपर हालसम्म कुनै कारवाही नभएको विषय प्रति समेत नेकपा (एमाले) सम्बद्ध विभिन्न २२ वटा जनवर्गीय संगठनहरूले ज्ञापनपत्र मार्फत सरकारको गम्भिर ध्यानाकर्षण गराउदै दोषी उपर अविलम्ब कारवाही गर्न माग गरेका छन । उनीहरुले विगत केहि दिन देखि विभिन्न बहानामा सामाजिक सद्भावमा खलल पुर्याउने खालका गतिविधिहरु समेत देशमा देखिएका भन्दै त्यस्ता प्रवृतिलाई निरुत्साहित गर्दै राष्ट्रिय एकता र सामाजिक सदभाव कायम गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

ज्ञापनपत्र मार्फत तत्कालीन केपी ओली नेतृत्वको सरकारले विनियोजन गरेको बिकास निर्माणका योजनाहरु तत्काल कार्यन्वयन गर्न र संबिधानको रक्षा गर्दै मुलुकमा देखिएको अनुशासनहीनता र अराजकताको अन्त्य गरी सुशासन र शान्ति सुरक्षाको सुनिश्चिता कायम गरी निष्पक्ष निर्वाचनको वातावरण तयार गर्न समेत जोडदार माग गरेको छ ।

ज्ञापनपत्र बुझाउन नेकपा एमाले केन्द्रीय सदस्य मन्जु कुमारी चौधरी, एमाले कोशी प्रदेश सचिवालय सदस्य इश्वरमणि राउत, जिल्ला अध्यक्ष भागवत राउत, एमालेका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थितिमा सदरमुकाम गाईघाट स्थित पिपल चोक देखी बिभिन्न नारा जुलुस सहित जिल्ला प्रशासन पुगेर ज्ञापन पत्र बुझाएको थियो ।