अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिमा नयाँ र पुराना हैन,एजेण्डा र गन्तव्यको अर्थ हुन्छ : महासचिव पोखरेल

राजनीतिमा नयाँ र पुराना हैन,एजेण्डा र गन्तव्यको अर्थ हुन्छ : महासचिव पोखरेल



काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना हैन एजेण्डा र गन्तव्यको अर्थ हुने बताउनुभएको छ ।
सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहिन र एजेण्डा विहिनहरुलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प तयार हुन्छ भन्नु भ्रम भएको उल्लेख गर्नुभएको छ ।
आफूलाई नयाँ शक्ति भन्नेहरु राष्ट्रिय स्वतन्त्र पार्टी,बालेन्द्र साह लगायत भर्खरै स्थापना गरिएका दलहरुबीच गठबन्धनको प्रयास भइरहेका बेला महासचिव पोखरेलको यस्तो अभिव्यक्ति आएको हो । पोखरेलले पार्टीको इतिहास पुरानो हुने तर नीति र नेतृत्व अद्यावधिक भइरहँदा पार्टीहरु सधैं जीवन्त र सान्दर्भिक हुने बताउनुभएको छ । आफ्नो पार्टी यी दुवै कुरामा सधैं अब्बल रहेको उहाँले उल्लेख गर्नुभएको छ । ‘नेकपा एमाले नेपालका राजनीतिक दलहरु मध्ये नीति र नेतृत्वलाई निरन्तर परिमार्जन गर्दै आएको पार्टी हो’ महासचिव पोखरेलले लेख्नु भएको छ ‘यससँग वर्तमान मात्र होइन भविष्यको नेतृत्व गर्ने स्पष्ट सोच र संकल्प छ । एमालेको यही जीवन्तता र सान्दर्भिकताबाट डराएकाहरु नयाँहरु मिल्नुपर्छ भन्ने कुरा उठाइरहेका छन् । ’
नयाँका नाममा चर्चामा आएका रवी,वालेन,हर्क साम्पाङ वा कुलमान उनीहरु सबै राज्यसत्तामा कुनै न कुनै हिसाबले परीक्षण भइसकेका पात्र भएको पोखरेलको भनाइ छ ।