अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जीवनमा मनोनित हुने अवशर एकजनालाई एक पटक दिउँ : एमाले नेता काशीनाथ अधिकारी

जीवनमा मनोनित हुने अवशर एकजनालाई एक पटक दिउँ : एमाले नेता काशीनाथ अधिकारी



काठमाडौं-नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिक तर्फ एकपटक साँसद हुने अवशर पाइसकेको व्यक्तिलाई नदोहोर्याउन पार्टी नेतृत्वलाई आगह्र गर्नुभएको छ ।
फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेद्वारको नामावली निर्वाचन आयोगमा बुझाउने अन्तिम तयारी भइरहँदा उहाँले सबै पार्टीहरुले २०४७ सालभन्दा यता एक पटक समानुपातिक वा राष्ट्रियसभा सदस्य भइसकेको व्यक्तिलाई पुन त्यो अवशर नदिन आग्रह गर्नुभएको हो । मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अधिकारीले एमालेले त यस्ता व्यक्तिलाई समानुपातिकको अवशर दिनै नहुने तर्क अघि सार्नु भएको छ ।
‘२०४७ साल पश्चात एक पटक समानुपातिक सांसद या राष्ट्रियसभा सदस्य भैसकेका व्यक्तिलाई पुन दोहोर्याउने काम नगरौं । कम्तीमा नेकपा एमालेले नगरोस’ पार्टीको संगठन विभागका पूर्व प्रमुख समेत रहेका अधिकारीले लेख्नुभएको छ ‘जीवनमा एकजनालाई एक पटक मात्र मनोनित हुने अवसर प्राप्त होस ।’
अधिकारीले यस्तो अवसर पनि न्याचित वितरण होस भन्ने माग गर्नु भएको छ । पार्टीमा पद र अवशरका लागि थिती बसोस भन्ने आफ्नो विशेष आग्रह रहेको उहाँको भनाइ छ ।
फागुन २१ गते हुने निर्वाचनका लागि दलहरुलाई पुष १२ गतेसम्म समानुपातिक तर्फका उम्मेद्वारको सुची निर्वाचन आयोगमा बुझाउने समयसिमा दिएको छ ।