काठमाडौं -नेकपा एमालेले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ ।
केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार समानुपातिकका उम्मेद्वारको अन्तिम सुची तयार गर्ने मुख्य एजेण्डा बनाएर भोली बैठक बोलाइएको हो । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बोलाइएको अधिकारीले जानकारी दिनुभयो । एमालेका एक पदाधिकारीले दिएका जानकारी अनुसार कार्यलय व्यवस्थापन,समसामयिक राजनीतिक परिस्थिती र आज प्रधानमन्त्रीले शिर्ष तीन दलका नेतासँग गरेको छलफलका बारेमा पनि अध्यक्ष केपी शर्मा ओलीले भोलीको बैठकमा जानकारी गराउने कार्यसुची छ ।
निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि भोली पुष १३ गते समानुपातिक उम्मेद्वारको बन्द सुची बुझाउने अन्तिम मिति तोकेको छ । जिल्ला र प्रदेशबाट समानुपातिकका आकांक्षीहरुको नाम संकलन गरेर पार्टी अध्यक्ष र महासचिव सहितका नेताहरुले ति नामको छोटो सुची तयार गर्नुभएको छ । भोलीको बैठकमा विभिन्न नेताहरुले दिएको सुझावका आधारमा समानुपातिकको अन्तिम नामावली तयार गरेर भोली नै निर्वाचन आयोगमा बुझाउने तयारी छ ।





प्रतिक्रिया