काठमाडौं- ११ औं महाधिवेशनपछि नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजे सचिवायल बैठक बस्न लागेको कार्यलय सचिव डा.भिष्म अधिकारीले जानकारी दिनुभयो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाइसक्नुपर्नेछ।
त्यसबारेमा निर्णय गर्नका लागि आजको बैठक डाकिएको हो ।
साथै एघारौं महाधिवेशनपछि नेताहरूको कार्यविभाजन तोक्न बाँकी रहेकाले सचिवालय बैठकमा त्यसबारेमा पनि छलफल हुनेछ।





प्रतिक्रिया