अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि बालेन सहमतिपछि उपमहासचिव भट्टराईको टिप्पणी : बाह्य चुनौती बढी रहेको छ

रवि बालेन सहमतिपछि उपमहासचिव भट्टराईको टिप्पणी : बाह्य चुनौती बढी रहेको छ


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति भएसँगै नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिमा बाह्य चुनौती थपिएको बताउनुभएको छ ।

सामाजिक सञ्जालमा लेख्दै उपमहासचिव भट्टराईले जतिसुकै चुनौती बढे पनि भागेर हैन सामना गरेर अघि बढ्ने दृढता व्यक्त गर्नुभएको छ। यस्ता चुनौतीलाई सामना गर्न आन्तरिक एकता बलियो बनाउनु पर्ने भट्टराईको भनाइ छ। उहाँले राष्ट्र र पार्टीका एजेन्डा बोक्न सबैलाई आग्रह गर्नुभएको छ। कार्यशैली सुधार गरेर विगतका कमीकमजोरी सच्याउँदै अघि बढ्न उहाँले सबैलाई आग्रह गर्नुभएको छ।