अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मिडिया संकटमा छन्, लगानीको वातावरण बनाउन सरकारले सहजीकरण गर्छ: मन्त्री खरेल

मिडिया संकटमा छन्, लगानीको वातावरण बनाउन सरकारले सहजीकरण गर्छ: मन्त्री खरेल


काठमाडौं-सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मिडिया संकटमा रहेको बताउनुभएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको समन्वयमा आयोजित अन्तक्र्रिया तथा छलफल कार्यक्रमको उद्घाटन गर्दै मन्त्री खरेलले यस्तो बताउनुभएको हो।

डिजिटल मिडिया नै आजका मूलधारका मिडिया रहेको बताउँदै मन्त्री खरेलले अब नयाँ मूलधारका मिडियालाइ प्राथमिकता दिइने बताउनुभयाे। साथै, सरकारले अनलाइन टिभी दर्ता र कल्याणकारी सहयोग गर्ने पनि उहाँले आश्वासन दिनुभयाे।

‘पछिल्लो समय मिडिया संकटमा छ। मिडियाको संकट र चुनौतीप्रति जानकार छु। प्रजातन्त्र बहालीपछि नेपालमा च्याउसरी मिडिया विकास भए,” मन्त्री खरेल भन्नुभयाे, ‘संख्या बढेकाले व्यावसायिक बन्न अस्वस्थ्य प्रतिस्पर्धा छ। देशको अर्थतन्त्र चलायमान नभई मिडियाको व्यवसायिकता र दिगोपना चुनौती छ।’

मन्त्री खरेलले राज्यको कल्याणकारी विज्ञापन सही प्रयोग नभएको उहाँको भनाइ थियो।