काठमाडौं-उच्च माध्यमिक विद्यालय संघ (हिसान)को अध्यक्षमा युवराज शर्मा निर्वाचित हुनुभएको छ। पुस १२ गते शनिवार काठमाडौँमा सम्पन्न हिसानको नवौं राष्ट्रिय महाधिवेशनबाट शर्मा अध्यक्षमा निर्वाचित हुनुभएको हो।
अध्यक्ष पदमा तत्कालीन वरिष्ठ उपाध्यक्ष युवराज शर्मा र महासचिव लोकराज भण्डारीको प्रतिस्पर्धा गरेको थिए। निर्वाचनमा शर्माले १६० मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी हुनुभएको थियाे भने अध्यक्ष पदका अर्का उम्मेदवार लोकबहादुर भण्डारीले १०६ मत मात्रै प्राप्त गरेका थिए।

महाधिवेशनमा अध्यक्षमा वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष युवराज शर्मा, महासचिव लोकबहादुर भण्डारी, पूर्वकोषाध्यक्ष रामेश्वर अर्याल र नोबल कलेज सिनामंगलका संचालक नवराज पाण्डेले अध्यक्ष पदमा उम्मेदवार दिने घोषणा गरेका थिए। तर पछि रामेश्वर अर्याल र नवराज पाण्डेले उम्मेदवारी र्फिता लिएका थिए। अर्याल र पाण्डेले उम्मेदवारी र्फिता लिए सँगै शर्मा र भण्डारी बिच प्रतिशपर्धा भएको थियो। उक्त प्रतिशपर्धामा युवराज शर्मा विजयी भएका छन् ।
यसैगरी, यसैगरी, वरिष्ठ उपाध्यक्ष पदका लागि आवश्यक दुई जनामध्ये डा. स्वागत श्रेष्ठ र टंकराज आचार्य निर्वाचित भएका छन्। डा. श्रेष्ठले १४७ मत र आचार्यले १०३ मत प्राप्त गरी विजयी हुनुभएको थियाे भने अन्य प्रतिस्पर्धीहरूमा जीवन प्रकाश शर्मा, भेषराज पोखरेल र बाबुराम पन्त रहेका थिए। उनीहरुले क्रमसः ३७, १००, ७८ मत प्राप्त गरेका थिए।
यस्तै उपाध्यक्ष पदका १३ मध्ये ११ जना सर्वसम्मत (निर्विरोध) निर्वाचित भएका छन्। निर्विरोध निर्वाचित उपाध्यक्षहरूमा आर.वि. अधिकारी, ऋषी तिवारी, डोलराज पाण्डे, धरणीधर अधिकारी, नरेन्द्र बहादुर अधिकारी, मुकुन्द घिमिरे, राजेन्द्र अधिकारी, विरेन्द्र जयना श्रेष्ठ, विष्णुराज पौडेल, सुमन गोपाल आचार्य र हरिचन्द्र लामिछाने रहेका छन्।
त्यसैगरी, महासचिव पदमा रामहरी सिलवाल विजयी हुनुभएको छ। सिलवालले १४८ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी जयराम खनालले ११८ मत प्राप्त गरेका थिए।
यस्तै, सचिवमा, कृष्ण प्रसाद पौडेल १४३, जीवन लामा गोले १६७, पारश श्रेष्ठ १४५, भवानी प्रसाद पौडेल २१९, यम बहादुर रोका १४५, राजेश कार्की १४३, बलराम पन्त १५५ मत सहित विजयी भएका छन्।
त्यसैगरी, कोषाध्यक्षमा शिव प्रसाद अधिकारि निर्विरोध निर्वाचित भएका छन्। यस्तै सहकोषाध्यक्षमा शंकर भट्टराई निर्वाचित भएका छन्।
यस्तै, खुला सदस्यमा केपि पन्त, केशव प्रसाद दंगाल, दिवाकर जैसि, हरीकृष्ण अर्याल, आजिवन सदस्यबाट शिव प्रसाद सुवेदी, कोशी प्रदेशबाट केशव खड्का, गुणराज अधिकारी, सागर प्रसाद भट्टराइ, मधेश प्रदेशबाट मुकेश प्रसाद गुप्ता, वावुसाहेव यादव, लुम्बिनी प्रदेशबाट उत्तमराज घिमिरे, गणेश भण्डारी, दिनेश भुषाल, कर्णाली प्रदेशबाट प्रेम वहादुर दसुनी, सुदूरपश्चिम प्रदेशबाट डा। भोजराज पन्त निर्विरोध निर्वाचित भएका छन् ।





प्रतिक्रिया