अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक: समानुपातिकको बन्द सूची टुंग्याउने जिम्मा अध्यक्ष ओलीलाई

एमाले सचिवालय बैठक: समानुपातिकको बन्द सूची टुंग्याउने जिम्मा अध्यक्ष ओलीलाई


काठमाडौं-नेकपा एमालेले प्रतिनिधि सभाका लागि समानुपातिक उम्मेदवारको नाम अन्तिम टुंगो लगाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। ११ औं महाधिवेशनपछि एमाले केन्द्रीय कार्यालय च्यासलमा आज बसेको पहिलो पटक सचिवालय बैठकले साे निर्णय गरेकाे हाे।

अध्यक्ष ओलीले नेताहरुसँग आवश्यक परामर्शपछि बन्द सूची टुंगो लगाएर भोलि निर्वाचन आयोगमा पेश गर्ने निर्णय बैठकले गरेको छ ।

अध्यक्षबाट प्रस्तुत भएका र सबैतिरबाट आएका सुझाव समेटेर ओलीले नै टुंगो लगाउने समझदारी भएको एक पदाधिकारीले बताए ।