अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले आज समानुपातिक तर्फका उम्मेद्वारको नाम निर्वाचन आयोगमा बुझाउने

एमालेले आज समानुपातिक तर्फका उम्मेद्वारको नाम निर्वाचन आयोगमा बुझाउने


काठमाडौं -फागुन २१ गते हुने निर्वाचनका लागि नेकपा एमालेले समानुपातिकतर्फको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ ।

हिजो बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गर्दै आज निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको थियो ।

एमाले उपमहासचिव लेखराज भट्टले विभिन्न जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका आधारमा बन्दसूची तयार पारिएको जानकारी दिनुभएको छ । हिजो बैठकमा प्रष्तुत भए अनुसार पूर्वउपाध्यक्ष गुरु बराल,सचिप पद्मा अर्याल,केन्द्रीय सदस्य मेनका काफ्ले लगायतको नाम एमालेले बन्द सुचीमा राखेको छ ।