दमक यो पुसको जाडोमा वाणिज्य संघको निर्वाचनले झापाको दमक ताती रहेको वेला धिमाल ब्यवसायीहरु दमक उधोग वाणिज्य संघमा आफनो प्रतिनिधित्व लगायतका अधिकार खोज्दै एक जुट भएका छन् ।
यही पुस १८गते हुने दमक उधोग वाणिज्य संघको निर्वाचनमा दमक धिमाल ब्यवसायी समुहको सामुहिक निर्णय अनुसार मतदान गर्ने र वाणिज्य संघले नयाँ नेतृत्व चयन पछि गर्ने वाणिज्य संघको मनोनित कोटामा प्रथम नागरिक धिमाल ब्यवसायीको प्रतिनिधित्व खोज्ने लगायतको निर्णय भेलाले गरेको हो ।
धिमाल ब्यवसायीहरुलाई परेको समस्या,अप्ठायारोमा वाणिज्य संघको हिजो देखि अहिले सम्मको नेतृत्वले आश्वासन मात्र दिएको, धिमाल ब्यवसायीलाई उपेक्षा गरेको र अन्य ब्यवसायीहरुको पक्षमा काम गर्ने भन्दा पद मात्र लिएर बसेको भन्ने साझा निश्र्कष आएपछि धिमाल ब्यवसायी समुह गठन गर्ने निर्णयमा पुगेको संयोजक सुरज धिमालले बताउनु भयो । अहिले मतदान गर्ने अधिकार सम्पन्न ५ दर्जन बढी धिमाल ब्यवसायीहरु हुदा पनि हालको नेतृत्व अध्यक्षको पुन ःउम्मेदवार गोपाल गुरागाईको प्यानल, भरत चम्लागाई अध्यक्षको उम्मेद्धवारको प्यानल र राजु खड्का अध्यक्षका उम्मेद्धवारको प्यानलले भोट बैक मात्र बनाएको धिमाल ब्यवसायी समुहको ठहर रहेको आरोप सचिव मणीराज धिमालले लगाउनु भएको छ ।
दमकमा आज भएको धिमाल ब्यवसायी समुहको भेलाले ब्यवसायिक भिजन,ब्यापारी,ब्यवसायीका मुद्धा सवाल,समस्यालाई कार्यन्वयन गर्न सक्ने साथै निर्वाचनपछि धिमाल ब्यवसायीको मनोनित कोटा मार्फत प्रतिनिधित्व गर्ने मागलाई ग्यारेन्टीका साथ कार्यन्वयन गर्ने अध्यक्ष उम्मेदवारको प्यानललाई मतदान गर्ने छलफलपछि निर्णय भएको दमक धिमाल ब्यवसायी समुहका सचिव मणीराज धिमालले जानकारी दिनु भयो ।
सोही भेलाले अनलाइन कम्प्युटर दमकका प्रोपाइटर सुरज धिमालको संयोजकत्वमा ९ सदस्यीय दमक धिमाल ब्यवसायी समुह गठन गरेको छ । समुहको सचिवमा मणीराज र कोषध्यक्षमा बिनोद कुमार धिमाललाई सर्वसम्मत चयन गरेको छ । सदस्यहरुमा भने सागर धिमाल,रबी धिमाल,दिपक धिमाल,राजेश धिमाल,अलिसा धिमाल र रञ्जना धिमाललाई चयन गरेको छ ।





प्रतिक्रिया