अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बयान दिन जाँचबुझ आयोग जाँदै पूर्वगृहमन्त्री लेखक

बयान दिन जाँचबुझ आयोग जाँदै पूर्वगृहमन्त्री लेखक


काठमाडौँ-नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएको घटनाको सम्बन्धमा जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिनु हुने भएकाे छ।

आयोगले सोधपुछका लागि बोलाएपछि लेखक सोमबार बिहान ११ बजे आयोगको कार्यालयमा उपस्थित हुन लाग्नुभएको हाे ।

आयोगमा बयान दिएपछि लेखकले दिउँसो ४ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारी समेत गरेका छन्। पत्रकार सम्मेलनमा लेखकले आयोगमा दिएको बयान र भदौको घटनासँग जोडिएका विविध पक्षबारे आफ्नो धारणा सार्वजनिक गर्ने बुझिएको छ। 

भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री लेखकलाई बयानका लागि पत्र काटेको थियो ।