अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी फुट्यो

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी फुट्यो

 रेणु र प्रदीपसहितका नेता उपेन्द्रसँगै फर्किए


काठमाडौं-जसपा नेपालबाट फुटेर जसपा खोलेका अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी फुटेको छ। सहअध्यक्ष रेणु यादवसहित नेताहरू उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमै फर्किएका हुन्।

जनता समाजवादी पार्टीकी सहअध्यक्ष  रेणु यादव  र उपमहासचिव प्रदीप यादवले पार्टी परित्याग गरेको घोषणा गर्दै  लोकतान्त्रिक  समाजवादी पार्टी (लोसपा)  र जनता समाजवादी पार्टी नेपालबीच‍को एकतालाई स्वीकार गर्दै आज जसपाका अध्यक्ष उपेन्द्र यादवसँग सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सोमबार जसपा सहअध्यक्ष रेणु यादवको नेतृत्वमा आफूसहित बहुमत केन्द्रीय सदस्यहरू जसपा नेपालमा फर्किएको नेता प्रदीप यादवले जनाकारी दिनुभयो।

जसपा फर्किएका नेताहरू रेणु, प्रदीप लगायतलाई जसपा अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेका छन् ।  अध्यक्ष उपेन्द्र यादव र रेणु यादवले संयुक्त विज्ञप्ति जारी गर्दै जसपासँग एकता गरेको जानकारी गराएका छन् ।

अशोक राईले उपेन्द्र यादवसँग अलग भएर २०८१ वैशाख २३ गते जसपा गठन गरेका थिए। 

यसअघि राजेन्द्र श्रेष्ठ लगायतका नेताहरूले पनि अशोक राई नेतृत्वको जसपा छाडेर नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका थिए ।