अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजी पुस्ताबाट एमालेको समानुपातिक सूचीमा निता घतानी

जेनजी पुस्ताबाट एमालेको समानुपातिक सूचीमा निता घतानी


काठमाडौं- आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेकपा एमालेले समानुपातिकतर्फको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउँदै छ। २०८२ पुस १३ गते आइतबार एमाले पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको समानुपातिक बन्दसूचीलाई सुझावसहित पारित गर्दै आज निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको थियो। अध्यक्ष ओलीले प्रस्ताव गरेको सूचीमा करिब ११० जनाको नाम समावेश छ। यो सूचीमा केही परिमार्जन गरेर आज निर्वाचन आयोगमा बुझाउने तयारी छ।

सूचीमा पार्टीका पुराना तथा अनुभवी नेताहरूसँगै जेनजी पुस्ताका नयाँ अनुहारलाई पनि समेटिएको छ। समानुपातिक उम्मेदवारको सूचीमा युवा नेत्री निता घतानीलाई राखेको छ।

झापाको विर्तामोडकी घतानी एमालेको एघारौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो। दलित युवातर्फबाट उम्मेदवार बन्नुभएकी घतानीले १ हजार ५४१ मत पाउनु भएको थियो।