अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सामाजिक सञ्जालमा भाइरल हुनु राज्य सञ्चालन गर्ने योग्यता हुन सक्दैन: महेश बस्नेत

सामाजिक सञ्जालमा भाइरल हुनु राज्य सञ्चालन गर्ने योग्यता हुन सक्दैन: महेश बस्नेत


काठमाडौं-नेकपा (एमाले)का सचिव महेश बस्नेतले लोकप्रियतावादलाई नेतृत्वको विकल्पका रूपमा प्रस्तुत गर्नु भ्रम मात्र भएको बताउनुभएको छ ।

उहाँका अनुसार सामाजिक सञ्जालमा भाइरल हुनु, आक्रोश प्रदर्शन गर्नु वा भिड उक्साउनु राज्य सञ्चालन गर्ने योग्यता हुन सक्दैन। ‘लोकप्रियतावाद नेतृत्व होइन, यो भ्रम हो, सामाजिक सञ्जालमा भाइरल हुनु, आक्रोश देखाउनु वा भिड उक्साउनु राज्य चलाउने योग्यता होइन’, सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नुभएको छ।

यो कुरा इतिहासले नै देखाइसकेको उल्लेख गर्दै उहाँले भीडबाट बनाइने नेतृत्व क्षणिक हुने र संस्थागत तथा अनुभवी नेतृत्व मात्रै दीर्घकालीन रूपमा टिकाउ हुने धारणा व्यक्त गर्नुभएको छ। उहाँले देश फेसबुक लाइभ, स्टन्ट वा भावनात्मक उत्तेजनाबाट होइन, नीति, सिद्धान्त र जिम्मेवारीपूर्ण निर्णयबाट चल्ने स्पष्ट पार्नुभयो । नेपाल कुनै प्रयोगशाला नभएको उल्लेख गर्दै उहाँले यहाँ भावनात्मक आवेगभन्दा विवेकपूर्ण निर्णय आवश्यक रहेको बताउनुभएको छ। ‘इतिहासले देखाइसक्यो-भीडले बनाएको नेता क्षणिक हुन्छ, संस्थागत र अनुभवी नेतृत्व मात्र टिकाउ हुन्छ, देश फेसबुक लाइभ र स्टन्टबाट होइन, नीति, सिद्धान्त र जिम्मेवारीबाट चल्छ,नेपाल प्रयोगशाला होइन, यहाँ भावनात्मक आवेग होइन विवेकपूर्ण निर्णय चाहिन्छ’, सचिव बस्नेतको धारणा छ ।

सचिव बस्नेतले लोकतान्त्रिक व्यवस्थामा नेतृत्वले जनभावनालाई सम्मान गर्दै संस्थागत प्रक्रिया, दीर्घकालीन सोच र राज्यको जिम्मेवारीलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ।