अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सेयर कारोबारी दीपेन्द्र अग्रवाल धरौटीमा रिहा

सेयर कारोबारी दीपेन्द्र अग्रवाल धरौटीमा रिहा


काठमाडौं-सेयर कारोबारी दीपेन्द्र अग्रवाल धरौटीमा रिहा भएका छन्। नेपाल धितोपत्र बोर्डको उजुरीपछि २०८२ पुस ४ गते पक्राउ परेका अग्रवाल ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन्।

बोर्डले गरेको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर खरिद गरेका थिए।

अग्रवालले धितोपत्रसम्बन्धी ऐन, २०६४ को दफा ९७ (ग) बमोजिम झुक्क्याउने विवरण दिएर भ्रामक सूचना सार्वजनिक गरेको आरोप छ। यसरी बदनीयत राखेर अग्रवालले सेयर बिक्री गरी ४९ लाख १९ हजार ८६५ रुपैयाँ कानुन विपरीत नाफा कमाएको आरोप सिआइबीको थियो।