अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रमेश लेखकको बयान: जेनजी आन्दोलनमा बल प्रयोग गर्न प्रधानमन्त्री र गृहमन्त्रीले आदेश दिएको छैन

रमेश लेखकको बयान: जेनजी आन्दोलनमा बल प्रयोग गर्न प्रधानमन्त्री र गृहमन्त्रीले आदेश दिएको छैन


जेनजी आन्दोलनमा बल प्रयोग गर्न आदेश नदिएको तत्कालीन गृहमन्त्री रमेश लेखकले बताउनुभएको छ। सोमबार भदौ २३ र २४ जेनजी आन्दोलन घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगसमक्ष बयान दिँदैन तत्कालीन गृहमन्त्री लेखकले बल प्रयोग गर्न आदेश नदिएको बताउनुभएको हो।

आयोगलाई बुझाएको लिखित बयानमा लेखकले भन्नुभयएको छ, ‘गृहमन्त्रीलाई कुनै पनि कानूनले बल प्रयोग सम्बन्धमा निर्देशन दिने अधिकार दिएको छैन। त्यस्तो कुनै आदेश मैले दिएको पनि छैन।’

बल प्रयोगका लागि लिखित वा मौखिक आदेश दिने अधिकार गृहमन्त्रीलाई नभएको उहाँले उल्लेख गर्नुभएको छ। व्यवहारिक रुपले पनि आदेश दिन नमिल्ने गरेको उहाँको भनाइ छ। 

‘प्रदर्शनहरूमा गृहमन्त्रीले बल प्रयोग गर्नेबारे कुनै लिखित र मौखिक आदेश दिने प्रश्न नै उठ्दैन। न त त्यस्तो कुनै कानूनी व्यवस्था नै छ,’ तत्कालीन गृहमन्त्री लेखकले बयानमा भन्नुभएको छ, ‘सरकारको राजनीतिक नेतृत्व गरिरहेको व्यक्तिलाई बल प्रयोग गर्ने, नगर्ने वा कति गर्ने भन्ने विषयको न त कानूनी जिम्मेवारी छ, न त यसबारे ज्ञान हुन्छ, न त व्यवहारतः त्यस्तो आदेश दिने कुरा हुन्छ। न त त्यस्तो कुनै आदेश नै दिइएको थियो।’

बल प्रयोगका विषयमा फिल्डमा खटिएका सुरक्षा निकायले नै विश्लेषण गर्ने उहाँको भनाइ छ। यसमा गृहमन्त्री वा प्रधानमन्त्रीले आदेश नदिने गरेको उहाँले बयानमा उल्लेख गरेका छन्। 

‘प्रधानमन्त्री वा मन्त्रीले कसैलाई यति बल प्रयोग गर, यसरी गर भन्ने कुरा पनि होइन,’ लेखकले भन्नुभएको छ, ‘प्रदर्शनका वेला शान्ति सुरक्षा कायम गर्ने क्रममा कहाँनेर के अवस्था र आवश्यकता पर्छ, प्रदर्शनलाई कसरी नियन्त्रण गर्ने, कति बल प्रयोग गर्ने, कसरी गर्ने, कुन अवस्थामा बल प्रयोग गर्ने भन्ने विषय तत्कालीन अवस्थामा खटिएको सुरक्षा निकायले तत्कालीन परिस्थिति तथा बस्तुगत आधारमा विश्लेषण गरि निर्धाण गर्ने हो।’