काठमाडौं-आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउन नेपाली कांग्रेसका नेताहरू निर्वाचन आयोगमा पुगेका छन्।
आयोले समानुपातिकतर्फको बन्दसूची बुझाउन आज सम्मको समयसीमा तोकेको छ। पार्टीको तर्फबाट समानुपातिकतर्फको बन्द सूची बुझाउन कांग्रेस नेता मीनबहादुर विश्वकर्मालगायत आयोग पुग्नुभएको छ । कांग्रेसको आजै बसेको कार्यसम्पादन समिति बैठकले सातै प्रदेशबाट बुझाएको समानुपातिकतर्फको सूची अनुमोदन गरेको थियो।





प्रतिक्रिया