काठमाडौं-लक्ष्मी सनराइज बैंक लिमिटेडको २५औँ वार्षिक साधारणसभाले लाभांश पारित गरेको छ। काठमाडौंमा सम्पन्न साधारणसभाले बैंकको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु २६ अर्ब ७८ करोड पुगेको छ। साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ। साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ।
आ.व. २०८१÷८२ मा ३ खर्ब ७१ अर्ब निक्षेप र २ खर्ब ८७ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार ४ खर्ब ४३ अर्ब रहेको छ । सो आ.व.मा बैंकले ४ अर्ब ६ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।





प्रतिक्रिया