अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले समानुपातिक सूचीको आदिवासी जनजातितर्फ बादल पहिलो नम्बरमा

एमाले समानुपातिक सूचीको आदिवासी जनजातितर्फ बादल पहिलो नम्बरमा


काठमाडौँ-नेकपा (एमाले)ले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नाम समानुपातिकतर्फ आदिवासी जनजाति क्लस्टरबाट १ नम्बरमा पेस भएको छ।

यो क्लस्टरबाट महिलातर्फ भूमिका लिम्बू सुब्बा, गंगादेवी श्रेष्ठ, अनिता कन्दङ्गवा, उषाकला राई, तारादेवी गुरुङ, लक्की शेर्पा, मौसम राई, नरदेवी पुन, भक्तकुमारी लामा, मीना बराम, यमुना घले, मनकुमारी तितुङ्ग, कान्ता राई, शर्मिला गुरुङ, सुमीत्रा राजवंशी, हिरुसरा राना, कुलभक्त शाक्य, वृद्धभक्त चित्रकार, इन्द्रबहादुर तामाङ, सोनामङ छिरिङ लामाको नाम पेस भएको छ ।

सोबार साँझ एमाले केन्द्रीय सदस्य तथा निर्वाचन विभागका सदस्य निरज आचार्य नेतृत्वको टोलीले समानुपातिक उम्मेदवारको बन्दसूची  आयोगमा बुझाएको हो।