काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समानुपातिक निर्वाचनतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ।
राप्रपाले पुराना र नयाँ अनुहार समेटेर समानुपातिक बन्दसूची तयार गरेको हो। पार्टीको सोमबारको कार्यसम्पादन समिति बैठकमा अधिकांश क्लस्टरमा सहमति र केही क्लस्टरमा निर्वाचनको माध्यमबाट समानुपातिकको सूची टुंगो लगाएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयाे।
राप्रपाले आयोगमा बुझाएको बन्दसूचीमा ११० जनाको नाम समावेश छ। जसमा तोरणबहादुर गुरुङ, खुस्बु ओली, मोहनकुमार श्रेष्ठ, निरुपमा यादव, प्रह्लाद साह, गोपाल दाहाल, राजेन्द्र गुरुङलगायतको नाम छ ।











प्रतिक्रिया