अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ग्यास बुलेट दुर्घटना हुँदा चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड अवरुद्ध

ग्यास बुलेट दुर्घटना हुँदा चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड अवरुद्ध


काठमाडौं-पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर-निजगढ सडकखण्डमा ग्यास बुलेट दुर्घटना भएपछि सो क्षेत्रमा सवारी साधन सन्चालनमा रोक लगाइएको छ।

मंगलबार बिहान ७ बजेर ५० मिनेट जाँदा पूर्वबाट युपी १७ ए २१४ नम्बरको एलपी ग्यास बुलेट दुर्घटनामा परेको हो। बुलेट सडकमै तेस्रो परेको छ। दुर्घटनामा चालक सामान्य घाइते भएका छन् ।

तर ग्यास लिक भइरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन पूर्णरूपमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रहरीले सवारी चालकहरूलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

ग्यास लिक भइरहेकाले आगलागी हुन सक्ने भएकाले दमकल र बुलेटलाई उठाउन क्रेन झिकाइएको छ । जंगल क्षेत्रमा दुर्घटना भएकाले नजिकमा बस्ती भने छैन ।