काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ११० जना समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाइसकेको छ। नेपाल सुपर लिगको टोली फुटबल चितवन क्लब (एफसी चितवन)का अध्यक्ष सचिन ढकाल रास्वपाको समानुपातिक सूचीमामा परेका छन्।
युवा समाजसेवी सचिन खस आर्य पुरूष क्लस्टरको दोस्रो नम्बरमा छन्।
सचिन उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आईएमई ग्रुपका प्रमुख चन्द्र ढकालका छोरा हुन्। सचिन खेलकूद, पर्यटन तथा हस्पिटालिटी व्यवसाय तथा युवाका क्षेत्रमा कार्यरत छन्।
पछिल्लो समय हस्पिटालिटीका क्षेत्रमासमेत सक्रीय सचिनको व्यवस्थापन इला कम्फर्ट होटलहरू सञ्चालनमा छन्।
स्कुल तहको अध्ययन भारतको दिल्लीबाट गरेका ढकालले अमेरिकाबाट ‘उद्यमशिलता’ विषयमा स्तनातकोत्तर गरेका छन् ।अध्ययन पूरा गरेसँगै ढकालले आइएमई ग्रुप अन्तर्गतका हस्पिटालिटी व्यवसायहरु सम्हाल्दै आएका छन्।





प्रतिक्रिया