अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीको व्यंग्य– कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघको सिकार गर्न सक्दैन

एमाले अध्यक्ष ओलीको व्यंग्य– कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघको सिकार गर्न सक्दैन


काठमाडौं-नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने, बालेन र कुलमान घिसिङको राजनीतिक सहकार्यप्रति व्यंग्य गर्नुभएको छ।

मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौँमा गरेको ‘एमालेको ११औँ महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले सो व्यंग्य गर्नुभएको हो।

अध्यक्ष ओलीले जंगलमा बाघको सिकार गर्न ‘कुखुरा, बाख्रा र स्याल’ले बनाएको मोर्चाको संज्ञा दिनुभएको छ। अध्यक्ष ओलीले व्यंग्य भन्नुभयो, ‘कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघको सिकार गर्न सक्दैन।’

अध्यक्ष ओलीले एमालेलाई परास्त गर्न सबै जना मोर्चाबन्दीमा लागेको उल्लेख गर्नुभयाे। ‘एमाले मात्र होइन, कांग्रेस पनि छ, अध्यक्ष ओलीले भन्नुभयाे, ‘कांग्रेस यस्तो पार्टी हो, जसले छेउमा नगएसम्म केही गर्दैन, छेउमा गएपछि गाह्रो पार्छ।’

अध्यक्ष ओलीले निर्वाचन पर्खिरहेको बताउनुभयाे। ‘देशमा को लोकप्रिय छ भन्ने चर्चा यो निर्वाचनसम्मै रहन्छ। प्रधानमन्त्री बनाइसके मान्छेहरूले, हामी चुनाव पर्खिरहेका छौं। कहिले होला ? फागुन २१ मा होला, वैशाखमा होला, या अर्को मंसिरमा होला, हामी चुनाव पर्खिइहेका छौं,’ अध्यक्ष ओलीले भन्नुभयाे ।