काठमाडौं-नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाउन नसकेको आरोप लगाउनुभएको छ। दलहरुलाई निषेध गरेर निर्वाचन हुन नसक्ने उहाँले बताउनुभयो ।
रिटर्नी फेडेरेसन नेपालको स्थापना दिवसको अवसरमा देशमा राजनीतिक स्थायित्व , सुशासन र समृद्धिमा नेकपा एमालेको नीति र रिटर्नीको भूमिका विषयमा आयोजित नीति संवादमा उपाध्यक्ष पौडेलले विदेशबाट फर्केकाहरुको सीप र पुँजीलाई एकीकृत गरेर देश विकासमा लगाउनुपर्ने बताउँदै नवयुग ईन्भेस्टमेन्ट जस्ता कम्पनी खोलेर रिटर्नी फेडेरेसनले सातै प्रदेशमा उदाहरणीय काम गर्न आग्रह गर्नुभयो। उहाँले सही नीति र नेतृत्वले मात्र देश समृद् बन्ने बताउनु भयो। साथै उहाँले फेडेरेसनको वेबसाईटको शुभारम्भ गर्नुभयो।
फेडेरेसन निवर्तमान ईन्चार्ज डा। कृष्ण बहादुर केसीले रिटर्नी ठोस कार्यक्रम सहित पार्टीमा आउनु पर्ने धारणा राख्नु भयो। हार र जीतको मानसिकताबाट माथि उठेर पार्टी एकतामा लाग्न आग्रह गर्नुभयो। केसीलाई संगठनलाई महत्वपूर्ण योगदान पुऱ्याएकोमा सम्मान गरिएको छ।
एमाले केन्द्रिय कमिटी सदस्य माधव ढुंगेलले विषयगत प्रस्तुती गर्दै छोटो समयमा फेडेरेसनले पार्टीमा आफ्नो परिचय निर्माण गरेको बताउनुभयो । राजनीतिक स्थायित्व विना देश समृद्ध नहुने धारणा राख्न भयो। ५ वर्षे स्थायी सरकारले मात्र विकास निर्माणको खाका कोर्न सक्ने उहाँको भनाइ थियो ।
प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी का निवर्तमान अध्यक्ष तथा र एमाले केन्द्रिय सदस्य संजय थापाले आफूलाई चित्त नबुझेको कुरा व्यक्त गर्ने ठाउँ सामाजिक सञ्जाललाई नबनाउन आग्रह गर्नु भयो। महासचिव खेम कार्कीको संचालन,निवर्तमान महासचिव जे पी सापकोटाले स्वागत मन्तव्य दिनु भएको थियो भने फेडेरेसनका उपाध्यक्ष जितेन्द्र बानियाँले पार्टीको नीति र फेडेरेसनको भूमिका संबन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।





प्रतिक्रिया