अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमाले चुनाव पर्खिरहेको छ: केपी ओली

नेकपा एमाले चुनाव पर्खिरहेको छ: केपी ओली


 काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन पर्खिरहेको बताउनुभएको छ। मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौँमा गरेको ‘एमालेको ११औँ महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

अध्यक्ष ओलीले अब निर्वाचनबाट राष्ट्रिय फैसला दिन पार्टी तयार रहेको धारणा राख्नुभयाे।

विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयाे, ‘जस्तो महाधिवेशनबाट हामीले धेरै कुराहरूको जवाफ दिएका छौं, त्यस्तै निर्वाचनबाट राष्ट्रिय फैसला पनि हामी दिनेछौं । त्यसका लागि हामी तयार छौं भन्ने कुराको सन्देश पनि महाधिवेशनले दिएको छ।’

अध्यक्ष ओलीले लोकतन्त्र कसैले पराजित गर्न नसक्ने जिकिर गर्नुभयाे । ‘लोकतन्त्र अजेय छ, अपराजय छ। यसलाई कसैले पराजित गर्न सक्दैन। यसलाई कसैले जित्न सक्दैन। लोकतन्त्रले नै जित्छ,’ अध्यक्ष ओलीले भन्नुभयाे ।

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भावी प्रधानमन्त्रीका लागि भएको सहमतिप्रति पनि व्यंग्य गर्नुभयाे ।

‘प्रधानमन्त्री बनाइसके मान्छेले । हामी चुनाव पर्खिरहेका छौं,’ अध्यक्ष ओलीले भन्नुभयाे, ‘कहिले होला, फागुन २१ मा होला । या वैशाखमा होला । या अर्को मंसिरमा होला । हामी चुनाव पर्खिरहेका छौं ।’