काठमाडौं- पार्टीको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित बासुदेव घिमिरेले नेकपा एमाले परित्याग गर्नुभएको छ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्व नगर प्रमुख तथा विघटित प्रतिनिधिसभा सदस्य घिमिरे एमाले परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा प्रवेश गर्ने तयारी गरेका हुन्।
२०७९ सालमा रूपन्देही क्षेत्र नम्बर ५ मा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित घिमिरे त्यसयता पनि बालेनसँग निरन्तर निकटहरुले जानकारी दिएका छन् ।
बालेन रास्वपा प्रवेश गरेपछि घिमिरे पनि एमाले परित्याग गरी रास्वपा प्रवेश गर्न लागेको स्रोतहरुको भनाइ छ । घिमिरेले आफूलाई रास्वपाले रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने गरी पार्टीमा आउन प्रस्ताव गरेको बताउनुभयो।
हिजो दिउँसोदेखि घिमिरे रास्वपा प्रवेश गर्ने भन्ने चर्चा सामाजिक सञ्जालमा फैलिएपछि त्यसबारे सामाजिक सञ्जालबाटै जानकारी गराउनुभएको हो।





प्रतिक्रिया