काठमाडौं-नेकपा एमालेकी सचिव पद्मा अर्यालले अनुहारले नभइ संगठन र विचारले राज्य सञ्चालन हुने बताउनुभएको छ ।
वैकल्पिक शक्तिहरु बीचको गठबन्धन भइरहेका बेला सचिव अर्यालले सामाजिक सञ्जालमा लेख्दै इतिहास मेटेर नयाँ बन्न खोज्ने राजनीति दीर्घकालिन नहुने स्पष्ट पार्नुभएको छ। ‘इतिहास मेटेर नयाँ बन्न खोज्ने राजनीतिक दीर्घकालिन हुँदैन’ सचिव अर्यालले लेख्नुभएको छ।
सचिव अर्यालले एकताका नाममा परिवर्तनकारी दलहरुलाई बिस्थापन गर्ने सोचले लोकतन्त्रलाई सशक्त होइन कमजोर बनाउने उल्लेख गर्नुभएको छ। ‘कथित एकताका नाममा परिवर्तनकारी दलहरुलाई बिस्थापित गर्ने सोचले लोकतन्त्रलाई सशक्त होइन कमजोर बनाउछ’ सचिव अर्यालको भनाइ छ ।





प्रतिक्रिया