सुर्खेत-सुर्खेतको वीरेन्द्रनगरमा युवायुवती मृत अवस्थामा फेला परेका छन्। वीरेन्द्रनगर नगरपालिका-४, को सहिद पार्क नजिकै जङ्गलमा युवायुवती मृत अवस्थामा भेटिएका हुन् । उनीहरूको पहिचान खुलिसकेको छैन ।
आज बिहान मर्निङ वाकमा गएका स्थानीयहरूले शवलाई देखेका थिए। लगत्तै प्रहरीलाई खबर गरेपछि अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी त्यहाँ पुगेको छ।
उनीहरूको शव एकसाथ नरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।





प्रतिक्रिया